nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख १७, २०८३, ६:१० मध्यान्ह
दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

सिरहा/वैशाख १७ गते। लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उनकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार बिस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।

आँखा नदेख्दा आफ्नै आँगनमा हिँडडुल गर्न पनि मुस्किल थियो, सुकुमरियाले भनिन्, डाक्टरलाई देखाउन र अप्रेसन गर्न पैसा कहाँबाट ल्याउने ? त्यही पीरले बसिरह्यौँ ।

यस्तै समस्या थियो सोही वडाका ७० वर्षीय हिरा चौधरी र उनकी श्रीमती ७० वर्षीया निमानी चौधरीको पनि । बुढ्यौलीले छोपेको शरीर, त्यसमाथि गुम्दै गरेको दृष्टिले यो दम्पतीलाई अरूकै सहारामा बाँच्नुपर्ने बनाएको थियो ।

यही वैशाख १२ गतेपछि भने उनहरूको जीवनमा खुसी फर्किएको छ । लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा वडा नं १७ मा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेपछि त्यो खुसी फर्किएको हो । शिविरमा पुगेका दुई सय ५० जनामध्ये हरि सदा र हिला चौधरीको दम्पतीसहित ४७ जनामा मोतियाविन्दु भएको पुष्टि भयो ।

नगरपालिकाले केवल रोग मात्र पहिचान गरेन, बिरामीहरूलाई गाउँदेखि अस्पतालसम्म पुर्‍याउन नगर बसको समेत व्यवस्था गरिदियो । सामान्यतया एउटा आँखाको मोतियाविन्दु शल्यक्रिया गर्न करिब रु नौ हजार खर्च लाग्ने गर्दछ । नगरपालिकाले दुवै आँखाको सबै खर्च व्यहोररे उपचार गरेपछि खुसी फर्किएको हो ।

बुधबार अस्पतालको शय्यामा उपचाररत ती ४७ जना बिरामीलाई भेट्न नगरप्रमुख महेशप्रसाद चौधरी आफैँ पुगे । उनले बिरामीहरूलाई जुस वितरण गर्दै स्वास्थ्य लाभको कामना गर्दा बिरामीका आँखा कृतज्ञताले भरिएका थिए ।

मैले सोचेको पनि थिइनँ कि सरकारले यसरी घरमै आएर आँखा जचाइदिन्छ र अस्पताल ल्याएर निःशुल्क अप्रेसन गरिदिन्छ, हिरा चौधरीले हर्षित हुँदै भनिन्, अब संसार फेरि सफा देख्न पाउने भएँ । बिस्तारै सबै दुःख बिर्सिँदै जानेछु ।

मोतियाविन्दुमुक्त नगरको सपना

नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी यो अभियानलाई निरन्तरता दिँदै आएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार लहानलाई ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाइएको हो ।

हाम्रो नगरमै एसियाकै उत्कृष्ट र आधुनिक प्रविधिसहितको सगरमाथा चौधरी आँखा अस्पताल छ । यति नजिकै सुविधा हुँदाहुँदै पनि हाम्रा नागरिक पैसाको अभावमा अन्धोपनमा बस्नुपर्नु निकै दुःखद कुरा हो, नगरप्रमुख चौधरीले भने, त्यसैले ‘कोही पनि नगरवासीले आर्थिक अभावका कारण ज्योति गुमाउनु नपरोस्’ भन्ने उद्देश्यले हामीले शिविरका सबै खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेका हौँ ।

उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाका २४ वडामध्ये १५ वटामा शिविर सम्पन्न भइसकेको छ ।

तथ्याङ्कमा अभियानको प्रभाव

लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबिचको साझेदारी केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नभई दृष्टिविहीनता विरुद्धको एक सशक्त महाअभियानका रूपमा अगाडि बढेको नगरप्रमुख चौधरीले बताए । नगरपालिकाले चालेको ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने अठोटका कारण पछिल्ला वर्षहरूमा हजारौँ विपन्न नागरिकको जीवनमा उज्यालो फर्किएको उनको भनाइ छ ।

सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा यस सहकार्यले उत्साहजनक सफलता हासिल गरेको छ । यहाँ सञ्चालन गरिएका विभिन्न शिविरमार्फत हालसम्म १७ हजारभन्दा बढी नगरवासीको निःशुल्क आँखा जाँच गरिएको छ । ती शिविरहरूमा मोतियाविन्दु पहिचान भएका करिब दुई हजार ५०० विपन्न बिरामीहरूको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको संयोजक राउतले जानकारी दिए ।

यस्तै, दृष्टिमा समस्या भएका आठ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क चस्मा तथा औषधि उपलब्ध गराइएको छ ।

लहानमा अवस्थित यस अस्पतालले स्थानीय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाएको छ । अस्पताल प्रशासनका अनुसार यहाँ नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत गरी वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीहरूले विशेषज्ञ सेवा प्राप्त गर्दै आएका छन् ।

शिविर संयोजक राउत भन्छन्, हामीसँग दक्ष जनशक्ति र विश्व स्तरीय आधुनिक प्रविधि छ । विभिन्न स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुने यस्ता शिविरहरूले अस्पतालसम्म आउन नसक्ने दुर्गम र विपन्न बस्तीका नागरिकहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याइरहेको छ ।

नगरप्रमुख चौधरीको नेतृत्वमा अघि बढाइएको यो अभियानले आर्थिक रूपमा अति विपन्न र पछाडि पारिएका हरि सदा र हिरा चौधरी जस्ता सयौँ ज्येष्ठ नागरिकलाई नयाँ जीवन दिएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!