जनकपुरधाम।सिरहामा लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १४ भालुटार सखुवाचौरीबाट सोही स्थानका ३७ वर्षीय बुध बहादुर तामाङलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाबाट खटेको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा सोमबार साँझ धनगढीमाई नगरपालिका १४ भालुटार सखुवाचौरी स्थित उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को.९प.२१९५ नम्बरको मोटरासइकल चेकजाँच गर्दा उनको पछाडि सेतो बोरा भित्र लुकाएर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १० किलो गाँजासहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।
Discussion about this post