उमेशकुमार साह,बोदे बरसाईन। सप्तरीको बोदे बरसाईन नगरपालिकाबाट फेरी एक जना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका टोलीले वडा नम्वर १० स्थित बोदे बरसाईन–विसनपुर सडक खण्डमा चेकजाँचको क्रममा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको सुरुङ्गगा नगरपालिका वार्ड न- ०४ मधुपट्टी बस्ने चिन्टु चौधरीको छोरा बर्ष १९ को नितेस कुमार चौधरीले हातमा बोकेको कालो प्लास्टिक झोला भित्र र पैदल यात्रा गर्दै कर्ममा लागुऔसधि सहित पक्राउ परेका छन। पैदल हिँड्ने कर्ममा र कालो झोलाबाट लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए ।
उनका अनुसार झोलाबाट ४५ थान नाईट्राभेट–१० ट्याब्लेट , २ ML को Diszclab १० एम्पुल ,२ ML को Noophin १० एम्पुल ,२ ML को Phenergain १० एम्पुल ,लागुऔसधि सहित समातेको प्रहरी निरीक्षक पासवानले जानकारी दिए ।
Discussion about this post