जनकपुर ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्मदिनका उपलक्ष्यमा प्रदेश नं २ सरकारले कात्तिक १४ गते(भोलि) सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
साथै मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी गरिएको विज्ञप्ति
Discussion about this post