धनुषा।जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा बोकाबली प्रदान सुरु भएको छ ।आज साँझ ७ बजेबाट बोका बलि प्रदान सुरु भएको हो ।
महावीर युवा कमिटीले बोका बलिका लागि चारवटा ठेहा व्यवस्था गरेको छ ।आयोजक क्लबले आज राति १० बजेसम्म मात्र बलि प्रदान गर्ने भनेपनि बोकाको संख्या आधारमा सयम थपघट गर्ने जनाएको छ।क्लबका अनुसार प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको छ ।
कोरोना महामारीको कारण जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको राजदेवी मन्दिर लगायत जिल्ला भरिको मन्दिर तथा शक्तिपीठमा बोकाबलि निषेध गर्ने जनाएको थियो । तर अन्त समयमा आएर प्रशासन ब्याक भएपछि सबै शक्तिपीठमा बलि प्रदान भइरहेको छ ।
Discussion about this post