धनुषा।जनकपुरधाममा हिलोमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी पश्चिमवारी टोल तर्फको सडकमा जमेको हिलोमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
जनकपुरबाट कुर्था जाने सडकखण्डमा जमेको हिलोमा मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए । मृत महिलाको घाँटीमा डाम देखिएको र नग्न अवस्थामा शव फेला परेकाले हत्या नै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
उनले भने, ‘शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्य कुरा बाहिर आउने छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको राखिएको छ ।
Discussion about this post