बारा।३० वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बारा सिम्रौनगढ नगरपालिका-७ का श्यामकिशोरप्रसाद कुशवाह पक्राउ परेको छ ।कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष सजाय सुनाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बुधबार पक्राउ गरेको हो। उनलाई नेपाल-भारत सिमाक्षेत्र सिम्रौनगढ-२ बाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।सोही नगरपालिका-६ का जयमंगल प्रसादको २०४४ साल असोज १२ गते हत्या भएको थियो। सो हत्यामा बारा जिल्ला अदालतले २०४७ साल असोज २८ गते कुशवाहलाई १० वर्ष कैद सजाय सुनाएको थियो।
Discussion about this post