महेश सिंह,सिरहा।लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ। लहान नगरपालिका ३ स्थित रहेको, लहान अस्पतालमा कार्यरत रहेको एक जना डाक्टरमा कोरोना पुष्टि भएको छ।
अस्पतालका दर्जनौं कर्मचारीमा कोरोनाको लक्षण देखिएको हो। कोरोना पुष्टि भए पछि अस्पतालमा रहेका कर्मचारीहरुले एक बैठकमा निर्णय गरी आकस्मिक सेवा बाहेक सम्पुर्ण सेवाहरु केहि हप्ताको लागि बन्द गरीएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेनडेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहा ले जानकारी दिनु भयो ।
अस्पतालको आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द रहने निर्णय गरी अस्पतालको ठाँउ ठाँउमा सूचना टाँस गरीएको छ। अस्पतालको सेवा बन्द रहेकोले सेवा ग्राहकमा पर्न गएको असुबिधाले अस्पताल परीवार खेद प्रकट गरेको छ।कोरोना लक्षणको आशंका रहेको ब्यक्तीहरु लाई PCR test को रिपोर्ट न आए सम्म अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने वरिष्ठ मेडिकल सुपरिटेनडेन्ट सुनिल प्रसाद कुशवाहाले जानकारी दिनु भयो ।













Discussion about this post