जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ६३ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १४ हजार २३२ जना पुगेको छ ।
धनुषामा १४,सिरहामा १,बारामा ६, पर्सामा १०, सर्लाहीमा १, रौतहटमा ८, सप्तरीमा २ र अन्य १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका १२६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै १२ हजार १७२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ प्रदेश २ मा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रौतहट जिल्ला गुजरा न.पा.-१ का ९५ वार्षिय महिला र पर्सा जिल्ला बिरगंज म.न.पा-२० हरपतगन्जका ६७ वार्षिय पुरुष रहेको छ।यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४५ जना, बारामा १८, धनुषामा १८, महोत्तरीमा १५, सिरहामा १५, सप्तरीमा १९, रौतहटमा ८,सर्लाहीमा ९ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post