जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ६९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १४ हजार १८९ जना पुगेको छ ।
धनुषामा १, महोत्तरीमा ०,सिरहामा ११,बारामा ९, पर्सामा १, रौतहटमा २, सप्तरीमा ३९ र अन्य ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै १२ हजार ४६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको छ ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४५ जना, बारामा १८, धनुषामा १८, महोत्तरीमा १५, सिरहामा १५, सप्तरीमा १९, रौतहटमा ७,सर्लाहीमा ९ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post