जनकपुरधाम।धनुषाको नापी कार्यालयको कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि कार्यालय दुई दिनको लागि बन्द गरिएको छ।नापी कार्यालय धनुषाले आज एक सुचना जारी गर्दै दुई दिनको लागि कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवा २६ गते सम्मको लागि बन्द गरिएको जनाएको छ।
कार्यालय प्रमुख सहित अन्य कर्मचारीमा कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएकोले कोरोना परिक्षणको रिपोर्ट आउँदा सम्म नियमित सेवा प्रवाह गर्नु सम्भव नरहेकोले कार्यालय बन्द गरिएको जनाइएको छ।
Discussion about this post