जनकपुरधाम।प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाही ५ दिनका लागि बन्द हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत लगायत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइतबारदेखि ५ दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको हो।
कोरोना महामारीको जोखिम न्यूनिकरण गर्ने उदेश्यका साथ आइतबारदेखि आगामी असोज ३० गतेसम्मको लागि बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत राम प्रमोद यादवले जानकारी दिए।
कार्यालय बन्द रहेको अवधिमा शान्ति सुरक्षा र विपद व्यवस्थापन बाहेकका सम्पूर्ण सेवा बन्द रहने उनले बताए।
Discussion about this post