सुनसरी।सुनसरीको मा कोब्रा नामक पटाकासहित दुईजना पक्राउ परेका छन् ।इटहरी उपमहानगरपालिका ५, खाद्य गोदाम नजिकबाट श्री विजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाकासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोसी गाउँपालिका ६, श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुको साथमा रहेको बोरा र कार्टुनहरु जाँच गर्दा उक्त पटाका फेला पारेको हो ।
उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरी इनरुवावाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post