nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऔं : मुख्यमन्त्री राउत

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २३, २०७७, ६:३३ मध्यान्ह
बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऔं : मुख्यमन्त्री राउत

जनकपुरधाम । अहिले देशैभरि बलात्कारका घटना बढेका छन् । कैयौं ठाउँमा बलात्कारीलाई गाउँमै पञ्चायतीको माध्यमले उन्मुक्ति दिने गरिएको छ । कतै प्रहरीले समातेर मुद्दा चलाए पनि अदालतबाट रिहा हुने गरेका छन् । यसरी बलात्कारका घटना बढेपछि अपराधीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग हुन थालेको छ ।

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने बहस भइरहेकै बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि त्यो बहसमा समर्थन जनाएका छन् । उनी संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने बताउँछन् ।

राउत भन्छन्, ‘मानवमा पाशविक प्रवृत्ति अत्यधिक बढेको छ । यसबारे बेलैमा नसोचिए हाम्रा छोरीचेलीहरु अझै बलात्कृत हुन सक्ने अवस्था आउन लागेको छ । यसबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।’

प्रदेश सरकारले अधिकार नपाएका कारणले पनि अपराधीहरुलाई कडा सजायँ गर्न नसकिएको मुख्यमन्त्री राउतको प्रतिक्रिया छ । संघीय व्यवस्थामा गएपछि पीडितहरुले सीधै आफ्नो आवाज प्रदेश सरकारमा राख्न पाएको उनी बताउँछन् ।

बलात्कार गर्नेलाई पर्याप्त सजायँ नभइरहेको अनुभूति मुख्यमन्त्री राउतले गरेका छन् । ‘जोसँग पैसा छ, केही समय थुनामा बस्छ र उम्किहाल्छ’ राउत भन्छन्, यो भावना बलात्कारीमा देखिएको छ । बाँकी जीवन जेलभित्रै सड्नुपर्छ भन्ने डर उसमा आएकै छैन ।’

अहिलेको अवस्थामा अपराधीहरु जसरी उन्मुक्ति पाइरहेका छन्, त्यो दुःखद रहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘जहाँ दण्ड छैन, त्यहाँ कानुनको औचित्य हुँदैन । प्रहरीले अपराधीलाई समातेर ल्याए पनि दण्डित गर्ने किसिमले मुद्दा फायल गर्न सकेनौं भने हाम्रो औचित्य के रहन्छ ?’

‘संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्छ’

कडा किसिमको सजायँ भएमात्रै बलात्कारका घटना कम हुने बताउँदै मुख्यमन्त्री राउतले अनलाइनखबरसँग भने, ‘म त भन्छु– बलात्कारी वा बलात्कारपछि हत्या गर्नेलाई मार्नैपर्छ । अन्यथा, बलात्कारका घटना भइरहन्छन् ।’

बलात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने र मृत्युदण्ड नै दिनुपर्नेमा जोड दिँदै उनले अगाडि भने, ‘यस्ता अपराधीलाई त साँच्चिकै सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्छ । संविधान संशोधन गरेर यो व्यवस्था ल्याउनु अति जरुरी छ ।’

भारत, चीन, पाकिस्तानसहित धेरै लोकतान्त्रिक मुलुकले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाएको मुख्यमन्त्री राउतले बताए । मृत्युदण्डसम्बन्धी कानुनबारे मुख्यमन्त्री राउतको तर्क छ, ‘सबैभन्दा ठूलो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने देश अमेरिकामा त मृत्युदण्ड दिने कानुन छ भने यहाँ किन हुन सक्दैन ?’

‘प्रदेशले अधिकार नपाउँदा कडा सजायँ गर्न सकिएन’

प्रदेश सरकार गठन नहुँदा बलात्कारका घटना झनै बढी हुने गरेको दाबी गर्दै मुख्यमन्त्री राउतले त्यसबेला काठमाडौंको सिंहदरबारसम्म आवाज पुर्‍याउन सर्वसाधारणलाई गाह्रो हुने गरेको सुनाए ।

‘अहिले पहिलाको जस्तो अवस्था छैन’ उनी भन्छन्, ‘अहिले त मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयमा पीडितहरु आफ्नो आवाज सुनाउन आइरहेका छन् ।

तर, बलात्कारीलाई कडा कार्वाही गर्ने इच्छा हुँदाहुँदै कारवाही गर्न नसकिएको मुख्यमन्त्री राउतको गुनासो छ । उनी भन्छन्, ‘प्रदेश सरकार गठन भए पनि हामीसँग प्रहरी प्रशासन छैन । हामीलाई यहाँको प्रहरी प्रशासनले मन लागे केही जानकारी गराउँछ, मन नलागे केही गराउँदैन ।

प्रदेशसँग आफ्नो प्रहरी प्रशासन नहुँदा बलात्कारीलाई कारबाही गर्न नसकिएको मुख्यमन्त्री राउतको भनाइ छ । उनी भन्छन्, ‘दोषीलाई कारवाही गराउन हाम्रो भूमिका पनि पक्कै हुन्छ, तर सकिरहेका छैनौं । प्रहरी प्रशासनले काम गर्न सकिरहेको छैन भने त्यस्तालाई कार्वाही पनि गर्नुपर्छ । तर, त्यो अधिकार हामीसँग छैन, अनि दोषी उम्किने सम्भावना रहन्छ ।’

अहिले संंघीय सरकारले प्रदेशलाई पंगु बनाउन खोजेको आरोप लगाउँदै राउतले संविधानमा व्यवस्था गरिएका कुराकै विरुद्वमा संघले काम गरिरहेकाले अपराधीलाई दण्डित गर्न नसकिएको बताए ।

प्रहरी प्रशासन जनताको साथी बन्न नसकेको उनको गुनासो छ । मुख्यमन्त्री राउत भन्छन्, ‘भर्खरै हामीले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी जनताको साथी बन्न नसकेको स्पष्टरुपमै भनेको छु । प्रहरी प्रशासनले गरिरहेको गतिविधिमा समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता छ ।’

‘ठूलाबडाले नै जोगाउँदैछन् बलात्कारी’

बलात्कारीप्रति कडा कानुन बनाउनुपर्ने पक्षमा रहेका मुख्यमन्त्री राउत अहिले जघन्य अपराधीहरुलाई जोगाउने र उन्मुक्ति दिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्छन् । मधेसमा हुने गरेका ‘पञ्चायती’ प्रति पनि राउतले कडा प्रतिक्रिया दिए ।

गाउँघरमै पञ्चायती बस्नु राम्रो भए पनि पञ्चायतीको माध्यमले बलात्कारीलाई उन्मुक्ति दिनु कदापि ठीक नभएको उनको भनाइ छ । ‘पञ्चायती त परापूर्वकालदेखि बस्दै आएको छ’ उनी भन्छन्, ‘तर पछिल्लो समयमा बलात्कारीजस्ता अपराधीलाई बचाउनका लागि जुन पञ्चायती भइरहेको छ, त्यो निकृष्ट कार्य हो ।’

पहुँचका आधारमा पञ्चायती गरेर अपराधलाई दबाउने, दोषीलाई उम्काउने र पीडितलाई नै दबाएर जाने प्रवृत्ति देखिएको मुख्यमन्त्री राउत बताउँछन् । उनी भन्छन्, ‘बलात्कार घटनामा संलग्नलाई कारबाही गराउनुको सट्टा पञ्चका नाममा वा जनप्रतिनिधिका नाममा, पीडकको पक्षमा लागेर कहीँ न कहीँ अपराधीलाई सजायँ हुन नदिनु दुःखद हो ।’

बलात्कारीलाई राजनीतिक संरक्षण गर्न नहुने राउतले बताए । ‘बलात्कारीलाई कार्वाही नगरेको सवालमा प्रहरी प्रशासन एउटा पार्ट होला, तर राजनीतिककर्मी पनि दोषबाट उम्कन सक्दैन्न’ मुख्यमन्त्री राउत भन्छन्, ‘राजनीतिक दलका मान्छेहरु आफ्ना मान्छेका नाममा अपराधीलाई संरक्षण गरिरहेका छन् ।’

अपराधीहरु आफ्नै नातेदार भए पनि संरक्षण गर्न नहुने मुख्यमन्त्री राउतले बताए । ‘अपराधी, अपराधी नै हो, चाहे आफ्नै छोरा, दाइभाइ वा पार्टीका नेता कार्यकर्ता नै किन नहोस्’ उनले भने, ‘यस्ता घटनामा संलग्न भएपछि कारवाही गराउनेतर्फ जानुपर्छ । हामी जब यो सोचबाट माथि उठ्दैनौं, यस्ता अपराधका घटना दोहोरिइहन्छन् ।’

साभार-अनलाईन खबर

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि