सप्तरी।कोरोना भाइरसको संक्रमणबाट सप्तरीको डाकनेश्वरी नगरपालिका ४ का ६७ वर्षीय एक वृद्धको मृत्यु भएको छ।कोरोनाको संक्रण पुष्टि भएपछि ती व्यक्तिलाई असोज १८ गते राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो ।
बिहीबार राति थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी निमोनियाबाट पीडित थिए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
Discussion about this post