रौतहटमा १७ वर्षीया किशोरीको हत्या गर्ने पक्राउ परेका छन् । दुर्गाभगवती गाउँपालिका-४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
किशोरीको गाउँकै जुनेस मिया कबाडीसँग प्रेमसम्बन्ध भएपनि परिवारले अस्वीकार गर्दै आएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार परिवारले ती किशोरीको भारतका मोति रहमानसँग विवाह गरिदिने तयारी गरेका थिए ।बुधबार किशोरीलाई मारेको वा आफैं मरेको भन्ने खुल्न सकेको छैन । तर मृत किशोरीको शव उनका काका–काकीहरुले प्रेमी जुनेसको घरमा लगेर राखिदिएका थिए ।
सोही गाउँका १९ वर्षीय युवकसँगको प्रेम सम्बन्धका कारण उनको हत्या गरिएको प्रहरीको आशंका छ । परिवारले भारतका युवकसँग विवाह गरिदिन खोजे पनि किशोरी नमानेपछि उनको घरमै हत्या गरिएको अनुमान गरिएको छ ।
ती युवकसँग किशोरीलाई छुटाउन परिवारले दुवै जनालाई दबाब दिँदै आएका थिए । युवतीको हत्याको आशंकामा सोही ठाउँका ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Discussion about this post