धनुषा। सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा लिन पाउने भन्ने तालिका सार्वजनिक गरेको छ। सेवाग्राहीको अत्याधिक चाप बढेपछि स्थानीय तह अनुसार सेवाग्राहीलाई सेवा दिने भन्ने तालिका सार्वजनिक गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरेको सूचना अनुसार असोज २३ गते शुक्रवारदेखि तालिका अनुसार सेवा प्रवाह हुने उल्लेख छ।सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने छ यदि रुखा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ ।
अब भने तोकिएको दिन (बार) अनुसार मात्र सम्बन्धित सेवाग्राहीले सेवा पाउने सुचनामा उल्लेख छ ।‘सेवा लिन आउनु अघि सेवा प्राप्त गर्नका लागि सम्पूर्ण कागज÷प्रमाण साथमा लिई आउनु पर्नेछ’, सुचनामा भनिएका छ, ‘कागज÷प्रमाण नपुगेमा सेवा दिन सकिने छैन ।’
कुन दिन(बार) कुन स्थानीय तहका सेवाग्राहीले सेवा पाउने हेर्नुहोस तालिका
Discussion about this post