जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ५४ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ९४३ जना पुगेको छ ।
धनुषामा ८, महोत्तरीमा ३,सिरहामा १२,बारामा १, पर्सामा ३, सर्लाहीमा १०, रौतहटमा ८, सप्तरीमा १० र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका १४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ११ हजार २८० जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले प्रदेश २ मा १ जनाको मृत्यु भएको छ । पर्साको बहादुरमाई ना.पा. वडा न.- २ का ६८ बर्षकि महिलाको मृत्यु भएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको छ ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४५ जना, बारामा १८, धनुषामा १७, महोत्तरीमा १५, सिरहामा १४, सप्तरीमा १७, रौतहटमा ७,सर्लाहीमा ९ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post