जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४४ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ८२३ जना पुगेको छ ।
आज धनुषामा ९, महोत्तरीमा २,सिरहामा ८,बारामा ४, पर्सामा ३, सर्लाहीमा ७, रौतहटमा ३ र सप्तरीमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका १७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ११ हजार १०९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले प्रदेश २ मा २ जनाको मृत्युका भएको छ । सर्लाहीको हरिपुर्वा ना.पा. वडा न.- ५ का ६५ वर्षीय पुरुष र पर्साको पोखरीया न.पा. वडा न.- २ लमडिया टोलका ६८ बर्षकि महिलाको मृत्यु भएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४० पुगेको छ ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४४ जना, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १४, सप्तरीमा १७, रौतहटमा ७, सर्लाहीमा ८ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post