जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ७७९ जना पुगेको छ ।
आज सबैभन्दा बढी सप्तरीमा १० जना, धनुषामा ७, महोत्तरीमा १,सिरहामा ६,बारामा ४, पर्सामा २ र रौतहटमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ६८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ११ हजार ९२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले प्रदेश २ मा कसैको मृत्युका भएको छैन । प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३८ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १४, सप्तरीमा १७, रौतहटमा ७, सर्लाहीमा ७ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post