जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ८० जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ११ हजार ९ सय ६३ जना पुगेको छ ।
आज सबैभन्दा बढी सिरहामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरीमा २१, बारामा १०, पर्सामा ९, धनुषामा ३, महोत्तरीमा २ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज यस प्रदेशमा थप ३८ जना कोरोना मुक्त भएका छन।यो सँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार ४ सय २ पुगेको छ । जसमा ५६७४ पुरुष र ७२८ महिला रहेका छन् ।सबैभन्दा बढी धनुषामा १७ जना कोरोना मुक्त भएका छन् ।त्यस्तै पर्सामा १०, सिरहामा ६, बारामा ४ र महोत्तरीमा १ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आज थप २ महिलाको मृत्यु भएको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १० की ५५ वर्षीय महिला र सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. २ की ३५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ । मृत्यु हुनेमा १८ महिला र ९३ पुरुष रहेका छन् ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४० जना, बारामा १६, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post