काठमाडौ । आज प्राथमिक उपचार दिवस ।सन् २००० बाट अर्थात् सहश्राब्दिबाट यो दिवस मनाउन शुरु गरिएको हो । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।विभिन्न घटना, दुर्घटनामा घाइते भएकाहरुको अकालमा ज्यान जानबाट रोक्नको लागि तत्काल घटनास्थलमै गरीने उपचार प्राथमिक उपचारको महत्व दर्साउन यो दिवस मनाउने गरीन्छ ।अचानक आउने साना ठूला दुर्घटनाहरुबाट तत्काल अपनाइने साधारण उपचार विधि नै प्राथकिक उपचार हो ।
यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम आयोजना गरिने छैन । यद्यपि नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू ७७ वटै जिल्लामा आयोजना गर्दै आएको छ ।
हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । नेपाल रेडक्रसले आफ्नो स्थापनादेखि नै प्राथमिक उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ ।
Discussion about this post