सप्तरी । सप्तरीमा ८ महिलासहित एकैदिन २४ जना नयाँ कोरोना संक्रमित भेटिएको छ । यससँगै जिल्लामा ९४० संक्रमतिको संख्या पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
थपिएका संक्रमितहरुमा राजविराज कारागार, करदाता सेवा केन्द्रका एक-एक जना कर्मचारी, राजविराज नगरपालिका वार्ड नम्बर ११ का तीन, हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का एक, वार्ड नम्बर ७ का नौ र वार्ड नम्बर ९ का नौ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।राजविराज नगरपालिका, हनुमाननगर कंकालीन वार्ड नम्बर ७ र ९ का एकै परिवारका संक्रमति रहेको उनले बताए ।
सप्तरी कारागारका २३ वर्षीया महिला, करदाता सेवा केन्द्रका उमेर नखुलेका एक पुरुष, राजविराज नगरपालिका वार्ड नम्बर ११ का २५, १५, ५५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का २५ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २८, २८, २४, ४, २५ वर्षीय पुरुष, १६, २५, ७५, ८ वर्षीया महिला, वार्ड नम्बर ९ का ६६, ४१, १२, ७, ५, ३ वर्षीय पुरुष, र ३६, १७, २८ वर्षीया महिलामा कोरोना रिपोर्ट पोजेटिभ भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले बताए ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल कोभिड–१९ को प्रयोगशालाले सार्वजनिक गरिएको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा मंगलबारसम्म ६७९ जना संक्रमति निको भएर घर फर्किसकेका छन भने आठ जनाको मृत्यु स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।
Discussion about this post