काठमाडौ । पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबैभन्दा बढी थप १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् ।यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५/३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०/२० जना, सर्लाही र गोरखाका १७/१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३/१३ जना, पर्सा र धादिङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
झापा, धनुषा र बर्दियाका ७/७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६/६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५/५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३/३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २/२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् ।
यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ।
Discussion about this post