सप्तरी ।सप्तरीको राजगढ गाउँपालिका वडा नं. ६ का एक ६५ वर्षीय पुरुष र राजविराज नगरपालिका वडा नं. ७ का ५५ वर्षीय एक पुरुष को कोरोना संक्रमण बाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार दिउँसो मृत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नं. ७ का ५५ वर्षीय पुरुष भदौ ७ मा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो ।
राजगढ गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुरुष पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । ‘समन्वय नगरी आउनु भएको थियो’ उनले भने ‘अवस्था गम्भीर थियो ।’
उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । चार दिनयता सिकिस्त बिरामी भएका उनी मधुमेहको रोगी रहेको पनि सापकोटाले बताए ।सप्तरीमा हालसम्म ८ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post