धनुषा । चार बच्चाको जन्म दिएकी विदेह नगरपालिका ७ जोगियारा घर भएकी अमिरुल खातुन मृत्यू भएको छ । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृत्यू भएको अस्पताल स्रोतले जनाएको छ ।
मंगलवार साँझ खातुनले तीन छोरी र एक छोराको जन्म दिएकी थिइन् ।चारै जना बच्चाको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखेर उपचार भैइरहेको छ ।
महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
Discussion about this post