एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । मुखर्जीको उपचारका क्रममा सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा निधन भएको छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।
गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।
‘ब्लड क्लट’ का कारण उनको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए ।
अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिन यता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण ‘सेप्टिक शक’ भएको जानकारी गराएको थियो ।
उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।
Discussion about this post