जनकपुरधाम। आज धनुषा जिल्लाभरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये बैँक तथा वितिय संस्थाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिएका छन् ।
प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार राष्ट्रिय वाणिज्य बैँक, एभरेष्ट बैँक, नेपाल बैँक लिमिटेड, नेपाल बाङ्गलादेश बैँक र जानकी फाइनान्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वाणिज्य बैँकमा २२ र ३० वर्षीय महिला र ५४ वर्षीय पुरुष गरी तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै एभरेष्ट बैँकमा २९ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बैँकमा ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपाल बाँङ्गलादेश बैँकमा ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै जानकी फाइनान्समा २५ वर्षीय महिला र २९, ३३ तथा ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
Discussion about this post