जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १२८ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ३०२९ पुगेको छ ।जसमा १४ जना महिला र ११४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार सर्लाहीमा ४७, रौतहट ३४, सिराहा २३, सप्तरीमा १३, धनुषामा १० र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सर्लाहीमा संक्रमण पुष्टि भएका मध्ये ईश्वपुरका ३२ जना छन् । यसैगरी पीएचसी क्वारेन्टिनका १३ जना र २ जना होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा पनि संक्रमण पुष्टि भएको छ ।
सिराहाको एसएसएम बहुमुखी क्याम्पस क्वारेन्टिनका २२ जना र ठेगाना नखुेको थप एक जनामा संक्रमण देखिएको छ । रौतहटको गौर अस्पतालमा रहेका ३३ जना र लौकाहास्थित आइसोलेसनमा बसेका थप १ जनामा संक्रमण पुष्टि भएको हो ।
सप्तरीको कंकालिनीका २ जना, राजगढका ७ जना, बालनबिहुलका ४ जना, धनुषाको नगराइन क्वारेन्टिनका ३ जना, धनौजीको ३ जना र दुहबी क्वारेन्टिनका ४ जना, महोत्तरीको पिपरा क्वारेन्टिनका १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ मा हालसम्म सप्तरीमा १५१, सिरहामा १४६, धनुषामा २५७, महोत्तरीमा ५३५, सर्लाहीमा ५९८, रौतहटमा एक हजार ७९, बारामा १०७ र पर्सामा १५६ जनामा कोरोना पुष्टि भइसकेको छ ।
Discussion about this post