काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कुल संक्रमितको संख्या ६५९१ पुगेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना, दाङका ५६ जना, रौतहटका ५२ जना, कैलालीका २३ जना, बैतडीका २१ जना, डोटी २० जना, धनुषा २१ जना सर्लाही १६ जना, कञ्चनपुर ११ जना, गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै अर्घाखाँची ९ जना,बर्दियाका ९ जना, दैलेखका ५ जना, रुपन्देही ४ जना, स्याङ्जा ४ जना,सुर्खेतका ४ जना, नवलपुर ३ जना, कास्की ३ जना, सप्तरीका ३ जना, सुनसरी २ जना, सिराहा २ जना, पर्सा २ जना, तनहुँका २ जना, काठमाडौं १ जना, झापा १ जना, मोरङ १ जना, बाँके १ जना, पाँचथर १ जना, रोल्पा १ जना, बाग्लुङ १ जना, रामेछाप १ जना, सल्यान १ जना, अछाम १ जनामा संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् ।
कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूमध्ये एक हजार जनाभन्दा बढी डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सोमबारसम्म १०४१ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।सोमबारको अपडेट सुनाउने क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा मात्रै ७३ जना डिस्चार्ज भएको जानकारी दिएका छन।
Discussion about this post