काठमाडौ।नेपालमा आज थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगर प्रयोगशालामा झापाका ६ जना, मोरङका ९ जना संक्रमित थपिएका छन् । कोशी अस्पतालमा झापाका ३, पाँचथर १, सप्तरीका ६ जना संक्रमित थपिएका छन् । यस्तै, धरान प्रयोगशालामा भएको परीक्षणमा १६ जना संक्रमित थपिएका छन् ।
यस्तै, जनकपुर प्रयोगशालामा १५ जना, कास्की प्रयोगशालामा २ जना थपिएका छन् । यस्तै, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना, बर्दियाका १८ जना छन् । यस्तै, राप्ती स्वास्थ्य प्रतिष्ठानमा दाङका ७ जना थपिएका छन् ।
यस्तै, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना संक्रमित थपिएका छन् । यस्तै, जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुका ७ जना, महोत्तरीका १२ जना, रौतहटका ७ जना, सर्लाहीका १ सय ६ जना थपिएका छन् ।
उता, नारायणी अस्पतालको प्रयोगशालामा पर्साका ८ जना, बराका ७ जना, रौतहटका ४ जना थपिएका छन् भने रुपन्देहीको प्रयोगशालामा भएको परीक्षणमा ६५ जना संक्रमित थपिएका छन् ।
उनीहरु अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका १७ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्युठानका ८ जना, रुपन्देहीका ५ जना छन् ।
यस्तै, हालसम्म १ लाख ६६ हजार ६ सय ६८जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ३ हजार २ सय ६० जना छन् । मन्त्रालयका अनुसार मुलुकभर १ लाख ९ सय ७१ जनाको पीसीआर र आरडीटीबाट १ लाख ५६ हजार ९सय ९१ जनाको परीक्षण भएको छ ।
Discussion about this post