जनकपुर। आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंयो। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।साथै प्रदेश २ को आठवटै जिल्लामा वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाईएको छ । आज प्रतिकुल मौसम र वर्षातका बाबजुद पनि मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च प्रदेश २ को आयोजना, राष्ट्रिय युवा सञ्जालको समन्वय र जिल्ला बन बिभागको सहयोगमा प्रदेश २ को आठ वटै जिल्लामा वृक्षारोपण गरि यो दिवस मनाइएको छ ।
विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना पनि गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी हरेक वर्ष विश्व वातावरण दिवस मनाउने गरीएको छ ।
साथै प्रदेश २ का अन्य जिल्लाहरुमा समेत दिवसकै अवसरमा जिल्ला स्थित मञ्चका पदाधिकारी र सदस्यहरुले वृक्षारोपण गरेका छन् ।हेर्नुहोस फोटोहरु
Discussion about this post