स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।यो संगै संक्रमितको संख्या १८११ पुगेको छ। यससँगे सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना छन् । यस्तै पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, र रुपन्देहीको गैडहवाका २ जना छन् ।
Discussion about this post