nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासमा, स्वदेश फर्किने पर्खाइमा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०७७, २:३२ मध्यान्ह
दैनिक भारतबाट भित्रिँदै : जिल्लामा त्रास बढ्दो

✍ हिमलाल पराजुली

स्याङ्जा : कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेकालाई यतिबेला रोजगारी र अध्ययनभन्दा पनि स्वदेश फर्कने तीव्र इच्छाले सताएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै आन्तरिक एवं बाह्य उडान रोकेपछि विदेशमा रहेका नेपाली आउने सबै बाटा बन्द भएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौँ नेपाली स्वदेश भित्रिसकेका हुने थिए, अझै पनि उनीहरु उडान खुल्ने प्रतीक्षामा छन् । कोरोना भाइरस शुरु भएको चीनमा यसको प्रभाव कम हुँदै गए पनि अन्य मुलुकमा भने सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

चापाकोट नगरपालिका–१ घर भइ हाल ब्रिेटन(युके)मा बस्दै आएका विष्णु थापाले लण्डनमा बस्ने नेपालीको अवस्था दयनीय रहेको बताउनुभयो । दिनदिनै मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि युकेमा रहेका भूतपूर्व गोरखा सैनिक र उनीहरुका परिवार समस्यामा परेको थापा बताउनुहुन्छ । थापाका अनुसार युकेमा अधिकांश भूतपूर्व सैनिकका परिवार बसोबास गर्दै आएको र उनीहरु वृद्घवृद्घा भएको आफन्त एवं परिवार नेपालमा भएकाले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ ।

अधिकांश भूतपूर्व गोरखा सैनिकका परिवार वृद्धवृद्धा र त्यसमाथि भाषाको समस्या हुँदा मनलागेको कुरा किनेर खान र बिरामी पर्दासमेत उपचारमा समस्या हुने गरेको थापाले बताउनुभयो । थापाले टेलिफोनमा रासससँग भन्नुभयो, “म पनि एक महिनादेखि जागिर छाडेर होम क्वारेन्टिनमा बसेको छु, अहिले बाहिर निस्कने अवस्था छैन, कतिबेला के हुनेहो भन्ने चिन्ताले सताएको छ ।”

युकेको अल्डसटमा बस्दै आउनुभएका चितवनका ७७ वर्षीय भोजराज पौडेल र उहाँकी श्रीमती ६६ विष्णुमाया पौडेल अहिले समस्यामा पर्नुभएको छ । बुढेसकालमा विदेशी भूमिमा आफन्त कोही नभएर बेसहारा हुनुपर्दा समस्यामा परेको पौडेल दम्पतीको भनाइ छ । भोजराजले युकेबाट टेलिफोनमा भन्नुभयो, “म बिरामी छु, बूढीले आँखा देख्दिन आफन्त कोही नहुँदा समस्यामा परेकाछाँै ।” विष्णुमायाले भन्नुभयो, “के गर्ने छोराछोरीको भविष्यका लागि यहाँ बसेर दुःख गरेकाछौँ ।” छोराछोरीको कागजपत्र नमिलेकाले आफूहरु समस्या झेलेरै भए पनि बस्न बाध्य भएको पौडेल दम्पतीको भनाइ छ ।

लण्डनको एक केयर होममा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएकी शर्मिला राना थापाले शुरु शुरुमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न आवश्यक सामग्रीको अभावमा काम गर्नु पर्दा निकै डर लागे पनि अहिले भने त्यस्तो नभएको बताउनुभयो । शर्मिलाले भन्नुभयो, “स्वास्थ्यकर्मी भएपछि डराएर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन सुरक्षित भएर काम गर्नुपर्छ । अहिले हामी त्यसै गरिरहेका छौँ ।” शुरु शुरुमा आफूहरुले पनि पिपिइ, मास्कको अभाव झेल्नुपरे पनि अहिले भने त्यस्तो नभएको थापाले बताउनुभयो ।

स्याङ्जा समाज युकेका महासचिव डा बलराम ढकालले लण्डनमा रहेका नेपालीमा परेको समस्या समाधानका लागि स्याङ्जा समाज युकेले सक्दो सहयोग गर्ने बताउनुभयो । कोरोना रोकथाम र नियन्त्रमा सहयोग पुग्ने भन्दै पिपिइलगायतका स्वास्थ्य सामग्रीसमेत जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई सहयोग गरेको समेत ढकालले बताउनुभयो ।

कतारको दोहामा रहेका वालिङ नगरपालिका–८ का अजमत अलिले त्यहाँ रहेका धेरै नेपाली कोरोना सङ्क्रमणका कारण प्रभावित भएको बताउनुभयो । “यहाँ रहेका केही नेपालीको रोजगारीसमेत प्रभावित भएको छ । केही कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका छन्”, स्याङ्जा सहयोग समाज कतारका अध्यक्षसमेत रहनुभएका अलीले भन्नुभयो, “कतार च्यारिटीसँग समन्वय गरेर रोजगारी गुमेर समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छौँ ।”

जापानमा बसेर पत्रकारिता गर्दै आउनुभएका मोहन घलेले कोरोना भाइरसका कारण नेपाली विद्यार्थी र होटल व्यवसाय गर्दै आएका बढी प्रभावित भएको बताउनुभयो । पत्रकार महासंघ जापानका अध्यक्षसमेत रहेका घलेले भन्नुभयो, “नेपालबाट अध्ययनका लागि जापान आएका विद्यार्थी समस्यामा परेका छन् ।” प्रतिव्यक्ति एक लाख राहत दिने जापान सरकारको घोषणाले धेरै लाई राहात मिलेको घलेको भनाइ छ । नेपालीको बढी रोजगारीको क्षेत्रका रुपमा चिनिएको होटल व्यवसाय बन्द गर्नुपर्दा होटल व्यवसाय गर्दै आएका नेपाली र त्यस क्षेत्रमा काम गर्दै आएका मजदुर प्रभावित भएको घलेको भनाइ छ ।

रोजगारीको सिलसिलामा दुवैमा रहनुभएका वालिङ नगरपालिका–१२ का जनार्दन पराजुलीले दुवैमा रहेका नेपालीको अवस्था दयनीय रहेको र रोजगारी गुमाएका नेपाली जति सक्दो छिटो सरकारको उद्धारको पर्खाइमा रहेको बताउनुभयो । भारतको चण्डिगढमा रहनुभएका चापाकोट नगरपालिका–१० का हरिप्रसाद भण्डारीले नेपाल सरकारलाई अप्ठेरोमा परेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो नेपाल फर्काउन आग्रह गर्दै आफूहरु सरकारले भनेजति अवधिभर क्वारिन्टिनमा बस्न तयार रहेको बताउनुभयो । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याउने तयारी गरिरहेकाले केही समय धैर्य गर्न आग्रह गरे पनि विदेशमा रहेका नेपाली भने स्वदेश फर्किन आतुर रहेका छन् ।

Tags: कोरोना

Discussion about this post

Related Posts

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!