nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मनीषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०७७, ६:१८ मध्यान्ह
manisha koirala

कुरा हिजोको हो
टेलिभिजन स्क्रीनमा मोटो अक्षरमा आयो- “भारतको खान्छौ, चीनको गीत गाउँछौ।” त्यसपछि शुरू हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि तीनजना समाचारवाचकद्वारा आक्रमण; ती समाचारवाचक जसले हरेक बिहानी एबीपी न्यूज च्यानलमा ‘नमस्ते भारत’ नामक कार्यक्रम चलाउँछन्। सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभाग भन्दै नेपालद्वारा जारी नक्साका सम्बन्धमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा गरिएको ट्वीटबारे मनीषाले गरेको एउटा ट्वीट। त्यसमा उनले लेखेकी थिइन्, “हाम्रो सानो देशको गरिमा राखेकोमा धन्यवाद। तीन महान् देशीबीच शान्तिपूर्ण र सम्मानजनक संवादको हामीले अपेक्षा गरिरहेका छौँ।” बस् यति नै। अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानलाई रेखाङ्कित गरिएको एउटा टिप्पणी।

समाचारवाचक विकास भदौरियाले भारतमा मनीषा कोइरालाले अथाह पैसा र नाम कमाएको भन्दै अहिले आएर उनी भारतविरुद्ध चीनको पक्षमा उभिइन् भन्ने कुरा गरे। उनले भने, “खान्छन् भारतको तर गीत गाउँछन् चीनको।” यी समाचार च्यानलहरूको बौद्धिक दरिद्रता देखेर आश्चर्य लाग्छ। के अब समाचार च्यानलमा पढेलेखेका सम्पादकको अस्तित्व नै छैन? के अनपढहरूको जमातले नै कुन कुरा प्रसारण हुने र कुन कुरा नहुने भन्ने निर्धारण गरिरहेका छन्? अथवा हरेक च्यानलमा पढेलेखेका सीमित मानिसहरू मौन बस्न अभिशप्त छन्?

यी प्रश्नहरूका जवाफ दिँदै मेरा एक युवा पत्रकार मित्रले भने, खासमा मोदी सरकार आएपछि र खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘देशद्रोही’ कित्तामा बाँड्न शुरू भएको छ। यो तिनै कित्ताभित्र हरेक समाचारलाई ढाल्ने कुरा हो। एउटा मापदण्ड के बनिरहेको छ भने समाचारलाई त्यसरी प्रस्तुत गर्दा संस्थापन पक्षधर भइरहन सकिन्छ। जसलाई साँच्चै पत्रकारिता गर्नुछ उनीहरूले यी च्यानलहरूभन्दा बाहिर विकल्प खोजून्।
दिउँसो भएपछि यी र यस्ता समाचारहरू बहसको रूप लिने च्यानलमा लगभग चलन नै भइसकेको छ। समाचारको बागडोर च्यानलको सबैभन्दा समझदार र अनुभवी वाचिका रोमाना इसार खानको हातमा पुग्यो तर उनले पनि बिहानमा जस्तै त्यो समाचारलाई प्रस्तुत गरिन्। रोमानालाई पनि लागिरहेको थियो कि मनीषालाई भारतलाई सबैथोक दिए पनि अहिले उनी चीनको पक्षमा उभिएकी छन्।

एक समझदार समाचारवाचक सत्ताको दबावमा कसरी जानी-नजानी मूर्खताको दलदलमा भासिँदै जान्छ भन्ने कुराको एउटा गतिलो उदाहरण रोमाना हुन्। रोमानाको प्रश्न थियो- “७० वर्षको अवधिमा के पहिलो पटक नेपालले भारतसँग टाउको उठाएर कुरा गर्ने कोशिश गरिरहेको छ?” यो वाक्य कुनै पत्रकारको हुनै सक्दैन, बरू एउटा सानो छिमेकी देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका कुनै सदस्यको मात्र हुन सक्छ।
कार्यक्रममा दुईजना अतिथि थिए- भाजपाका प्रेमशङ्कर शुक्ला र भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल जीडी बक्शी। दुवै जनालाई नक्सा प्रकरणबारे पूर्ण जानकारी थिएन। चीन र पाकिस्तानविरुद्ध त विनातयारी जतिबेला पनि बोल्न सकिन्छ। दुवै अतिथिले चिनियाँ षड्यन्त्रबारे कुरा गरे र जनरल बक्शीले त्यसका लागि अघिल्लो सरकारको आलोचना गरे। अघिल्लो सरकारले जेएनयूका वामपन्थीहरूलाई नेपाल पठाएर माओवादीहरूलाई बलियो बनाउन लगाएको र त्यसको मूल्य अहिले चुकाउनुपरेको उनले आरोप लगाए। यो ग्रहकै “एक मात्र हिन्दूराष्ट्र” लाई बचाउन गुहार गर्दै उनले आफ्नो ज्ञानको अवस्था प्रदर्शित गरे। कार्यक्रमका अर्का ज्ञानी अतिथि शुक्लाले नेपालका पूर्वमाओवादी नेता प्रचण्डलाई जेएनयूले हुर्काए-बढाएको (राजनीतिक रूपमा) बताए।

जबकि जेएनयूसँग प्रचण्डको कहिल्यै कुनै साइनो नै भएन। निःसन्देह बाबुराम भट्टराईले त्यहाँ पीएचडी गरेका हुन्। समाचारवाचिका रोमानालाई यो लागेको हुनुपर्छ कि कार्यक्रमका ती दुई अतिथिलाई धेरैबेर स्क्रीनमा स्थान दिइराख्न उपयुक्त नहुन सक्छ। अतः उनले दुई जनाको आरोपबारे जवाफ दिन विपक्षी दल कांग्रेसका कोही उपस्थित नभएको भन्दै कार्यक्रमको समापन गरिन्।त्यो टेलिभिजन कार्यक्रममा तर्कपूर्ण ढङ्गले यो कुरा हेर्न पाइएन कि कालापानी, लिपुलेक विवाद वस्तुतः के हो र दुई देश कहाँ चुके जसका कारण स्थिति तनावपूर्ण हुन पुग्यो। समय छँदै संवादमार्फत् किन समस्याको समाधान खोजिएन? नेपालका दुई छिमेकी देश छन्- भारत र चीन। के कसैले यो विषयमा चर्चा गरे कि भारतसँग सांस्कृतिक, सामाजिक र भौगोलिक निकटता हुँदाहुँदै नेपाल किन चीनसँग नजिकिँदै गएको भान हुँदैछ? यी कुराहरू नगरेर चीनको इशारामा नेपालले नयाँ नक्सा जारी गरेको भन्नु समस्याको गहिराइसम्म पुग्नबाट पन्छिनु मात्रै हो।

वास्तवमा कालापानीमा भारतले र लिपुलेकमा चीनले नेपाललाई डसेको छ। यो कुरा शासक र तिनका पिछलग्गु पत्रकारले बुझून्। सानो देश सानो सम्प्रभुता भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त होऊन्। कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतका आधारमा कुनै देशको सम्प्रभुतालाई मापन गर्न मिल्दैन। जबसम्म यो कुरा बुझ्दैनौ तबसम्म छिमेकीबाट घृणा पाइरहन्छौ।

(भारतीय पत्रकार आनन्द स्वरूप बर्माको लेखको भावानुवाद)

भाषानुवाद गन्नी अन्सारी

Tags: मनीषा कोइराला

Discussion about this post

Related Posts

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि