सिरहा/साउन ५ गते।सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित सन्तनगरमा यात्रुवाहक बस पल्टिदा १ जनाको घटना स्थलमै ज्यान गएको छ भने १५जना घाइते भएका छन् ।
आज (मंगलवार) बेलुका जिरोमाईल देखि बरियारपट्टीतर्फ आउदै गरेको बा २ ख ७१९० नम्बरको बस अनियन्त्रित भई सडक छेउको खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
ज्यान जानेमा बरियारपटि गाउँपालिका -३ बस्ने वर्ष ३५ को गणेश मुखिया रहेका छ्न।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई उपचारका लागि
आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।














Discussion about this post