nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वर्षायाममा लाग्ने रोगहरुबाट यसरी बच्न सकिन्छ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २, २०७८, १०:५५ मध्यान्ह
वर्षायाममा लाग्ने रोगहरुबाट यसरी बच्न सकिन्छ

वर्षायाममा पानी र हावाको माध्यामबाट विभिन्न रोगहरु लाग्ने भय हुन्छ । पानीजन्य रोगमा झाडापखाला धेरैलाई लाग्ने गर्छ । त्यस्तै हेपाटाइटिस, हैजा, टाइफाइड जस्ता रोगहरुले पनि वर्षायाममा गम्भिर स्वास्थ्य चुनौतीहरु दिने गर्छन् । वर्षायामले ब्याक्टेरिया, किराहरु र फंगल ग्रोथलाई पनि सहयोग गर्छ ।

के कस्ता रोगको भय ?

यसबेला गर्मी ठाउँमा डेंगु, मलेरियाको बढी भय हुन्छ । अहिले यसैपनि कोरोना सन्त्रास घटिसकेको छैन । त्यसमाथि डेंगु, मलेरियाको डर त छँदैछ । यसैगरी यो याममा पानीमा भिज्ने भएकाले रुघाखोकी, ज्वरोले पनि सताउन सक्छ । खानपानमा अरुची, अपच वा फुड पोइजनको समस्या देखिन सक्छ । पानीको माध्यामबाट हैजा, पखला आदि रोगहरु लाग्न सक्छ ।

मलेरिया

यो वर्षायाममा सबैभन्दा धेरैलाई लाग्ने रोग हो । वर्षायामको समयमा पानी जम्ने समस्या हुन्छ । यो समय लामखुट्टेको प्रजननको समय भएकाले जमेको पानीमा लामखुट्टेले फुल पार्छ र लामखुट्टेको सङ्ख्या बढ्छ । यो रोग पोथी एनोफेलिस लामखुट्टेले टोकेमा लाग्छ ।

रुघाखोकी र फ्लु

घाँटी खसखसाउने समस्याबाट सुरु हुने रुघा सुरुमा एक दुई दिन सम्म रहन्छ । त्यसपछि चौंथो र पाँचौ दिनमा नाकबाट पानी बगिरहन्छ र खोकी लाग्छ । बच्चाहरुलाई रुघा लागेको बेलामा ज्वरो पनि आँउछ ।

फ्लु रुघा खोकी भन्दा अलि गम्भिर हुन्छ । घाँटी खसखसाउने, ज्वरो आउने, टाउको दुख्ने जिउ दुख्ने र खोकी लाग्ने जस्ता समस्या देखिएमा यसको लक्षण भन्ने बुझ्नपर्छ । यी लक्षणहरु दुई देखि पाँच दिन सम्म देखिन्छ तर, कसैलाई एक हप्तासम्म पनि देखिन सक्छ । यदि तपाईलाई सास फेर्न गाह्रो हुन्छ भने बेलैमा डाक्टरलाई देखाउनुहोस् ।

हैजा

हैजा भिव्रियो कोलेरा नामक ब्याक्टेरियाको कारणले लाग्ने रोग हो । यो रोग ब्याक्टे्रियाबाट प्रदुषित पानीको स्रोतबाट खाना हँदै मानिसमा सर्छ । यो रोग लागेका मानिसलाई वान्ता हुने र शरीरमा पानीको मात्रा घट्ने जस्ता समस्या देखिन्छन् । त्यस्तै अन्य लक्षणहरु छाला चाउरी पर्ने, ब्लडप्रेसर लो हुने, मुख सुख्खा हुने र मुटुको धड्कन बढ्ने जस्ता समस्या हुन्छन् ।

लेप्टोस्पाइरोसिस

यो रोग लेप्टोस्पिरा भाइरसको कारणले लाग्ने गर्छ । छालामा घाउ भएका जनावरहरुको पिसाब पानीेमा फैलिएर मानिसहरुलाई यो रोग लाग्न सक्छ ।

लेप्टोस्पाइरोसिसले जिउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा रातो हुने, पेट दुख्ने जन्डिस छाला चिलाउने, झाडाबान्ता हुन्छ ।

टाइफाइड

साल्मोनेला टाइफी नामक ब्याक्टेरियाबाट लाग्ने ज्वरोलाई टाइफाइड भनिन्छ । यो ब्याक्टेरिया संक्रमित खाना, पानी वा अन्य पेयको माध्यमले मानिसमा असर गर्छ । यो रोग लागेका मानिसको दिसाबाट यो रोग फैलन्छ ।

यो ब्याक्टेरिया तपाईको तपाईको आन्द्रा हुँदै रगतमा पुग्छ । यसले पित्तथैली, कलेजो, फियो जस्ता अंगहरुमा असर गर्छ । भोक नलाग्ने, टाउको दुख्ने, ज्वरो आउने र थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

यसरी बँच्न सकिन्छ वर्षायाममा लाग्ने रोगबाट

१. वर्षायाममा बाहिर जाँदा नभिज्न प्रयोग गर्ने छाता, रेनकोट, जुत्ता संधै तयारी अवस्थामा राख्नुहोस् । टोपी सहितको रेनकोट र वाटरप्रुफ जुत्ता उपयुक्त हुन्छ ।

२. पोषणयुक्त खाना खाने प्रयास गर्नुहोस र वर्षायाममा घरबाहिर खाना खान छोड्नुहोस् ।

३. घरमा खाना बनाउँदा पनि धेरै नै स्वस्थकर खाना बनाउनुहोस र सरसफाइमा ध्यान दिनुहोस् ।

४. खाना बनाउनको लागि र पिउनको लागि स्वच्छ पानी प्रयोग गर्नुहोस् । संधै पिउन अघि पानी उमाल्नुहोस् ।

५. खुल्ला भाँडोमा पानी नराख्नुहोस् किनभने त्यो लामखुट्टेको फुलपार्ने ठाँउ बन्न सक्छ । यदि लामो समयसम्म पानी खुल्ला भाँडामा राख्नुभएको छ भने त्यसलाई प्रयोग नगर्नुहोस् ।

६. ढलको पाइपहरु भरिएको छ कि छैन विचार गर्नुहोस् ।

७. केही रोगहरुको लागि भ्याक्सिन पाइन्छ । तपाईले आफ्नो डाक्टरसँग यसबारेमा कुरा गरेर कुन भ्याक्सिन लगाउने थाहा पाउनुहोस ।

८. यदि तपाई घरबाहिर खाना खानपर्यो भने स्वस्थ र ताजा खाना पाइने ठाँउमा मात्रै जानुहोस् ।

९. सम्भव भएसम्म तपाई बाहिर जाँदा उमालेको पानीको बोतल लिएर हिँड्नुहोस् ।

साभार-स्वास्थ्य पेज अनलाईन बाट

Tags: जीवनशैली

Discussion about this post

Related Posts

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!