nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानवीय सेवामा तल्लीन भए जनसहयोगी युवा सञ्जालका युवा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २४, २०७७, ५:०६ मध्यान्ह
मानवीय सेवामा तल्लीन भए  जनसहयोगी युवा सञ्जालका युवा

महोत्तरी, (रासस)। “मलाई नयाँ जिन्दगी दिने यी नानीहरुको जय होस्”, बर्दिवास अस्पतालमा चार दिनको उपचारपछि आँखा खोल्नुभएका करिब ८५ वर्षीय वृद्ध चित्रबहादुर अधिकारीले गहँभरि आँशु पार्दै भन्नुभयो ।

घुमन्ते जीवन बिताउँदै आउनुभएका उहाँलाई गत सोमबार जनसहयोगी युवा सञ्जाल बर्दिवासमा आबद्ध युवाले बर्दिवास–१४ वडा कार्यालय अगाडिको चौतारामा अचेत ढलिरहेका बेला उद्धार गरेर अस्पताल पु¥याएका थिए । “म खानु न पिउनु भएर ढलेको थिएँ, उठेर कतै निस्कने ताकत थिएन”, ती वृद्धले सञ्जालका युवाप्रति कृतज्ञता भाव दर्शाउँदै भन्नुभयो, “खै कुन प्रेरणाले हो, यी बाबुहरुले मेरो निकै सेवा गर्नुभयो, अब नयाँ जीवन पाएँ ।” सो सञ्जाल आवद्ध युवाको हेरचाह र अस्पतालको उपचारले तङ्रिनुभएका उहाँलाई अब भने फेरि कसरी जीवन धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । “सेवा र उपचार पाएर उठ्ने त भएँ, तर अब फेरि तङ्रिएको शरीर धान्नु त प¥यो”, उहाँले अस्पतालको श्ययामै सुस्केरा हाल्दै भन्नुभयो, “यो बूढो शरीरको रेखदेख अब के होला ?” उपचारले निको हुँदै गएर अब बोलचाल गर्न थाल्नुभएका उहाँले आफ्नो परिचयमा नाम र घर रामेछापबाहेक अन्य केही बताउनुभएन । चौताराबाट युवाले ती वृद्धलाई न्वाइँध्वाइ गरिदिएर लुगा फेराइदिइ स्टेचरमा बोकेर सो अस्पताल पु¥याएका थिए ।

अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको नियमित रेखदेख र सेवाले अब राम्ररी तङ्रिदै आउनुभएका उहाँलाई अब नियमित खानपिन, सरसफाइ र राम्रो हेरचाहको आवश्यकता रहेको उहाँको उपचारमा संलग्न चिकित्सक डा अनिल फुँयालको भनाइ छ । “हामी लकडाउनका बेला गल्लीकुची र बाटोघाटोमा कुनै बेसहारा भोकै छन् कि भनेर ठाउँठाउँ हेर्दै थियौँ, चौतारामा वृद्ध अचेत अवस्थामा देखिनुभयो”, सञ्जालआवद्ध १८ वर्षीय किशोरी जमुना साहले भन्नुभयो, “त्यतिखेर उहाँ खानसक्ने हुनु हुन्थेन, न्वाइँध्वाइ गराएर लुगा फेरायौँ र तत्काल अस्पताल पु¥यायौँ, अस्पतालको राम्रो रेखदेखले उहाँ सामान्य हुँदै गएपछि हामीलाई आफ्नो कामले फुरुङ्ग बनाएको छ ।” अब आवश्यक औषधि र चिकित्सकको परामर्शअनुसार सामग्रीको जोहो गरेर उहाँका आफन्तजनको खोजी गरी जिम्मा लगाइने सञ्जालको तयारी छ । लकडाउन लम्बिँदै जाँदा बजार क्षेत्र, सडक क्षेत्र र विभिन्न कार्यालय परिसर वरपर खान नपाएर भौँतारिएका मानिस बढ्दै गएपछि ‘सडक मानव’लाई तत्काल भोजन गराउने उद्देश्यसाथ सञ्जाल नै गठन गरेर युवाले अभियान शुरु गरेका हुन् । जेठको दोस्रो साताको प्रारम्भसँगै शुरु गरिएको यो अभियानमा दिनहुँ ३५–४० सङ्ख्याका भोका बटोही (सडकयात्री) लाई भोजन गराइँदै आइएको सञ्जालका अध्यक्ष परमेश्वर महतो जानकारी दिनुभयो । “लकडाउनका बेला अन्य व्यावसायिक काम थाँती राखेर मानवीय सेवाका काममा थोरै सहयोग गर्ने उद्देश्यले सडक मानवलाई भोजन गराउन थाल्यौँ”, उहाँले भन्नुभयो, “गर्दागर्दै नजिकका बस्तीमा गरिबको चुलो निभ्न थालेका र असहायको जीवन कष्टकर बनेका खबर पाएसँगै त्यहाँ पुग्न थाल्याँै, यसले कामको क्षेत्र बढाएको छ ।” शुरुमा सञ्जालमा आवद्ध ११ युवा साथीको गोजीबाटै शुरु गरिएको अभियानमा काम थपिँदै गएसँगै सहयोगी हात पनि भेटिएको उहाँको भनाइ छ ।

सञ्जालले यसअवधिमै सडकयात्रीलाई भोजन गराउनसँगै बाटोमा भेटिने जीर्ण रोगीलाई उद्धार गरी अस्पताल पु¥याउने, गरिबका घरमा खाद्यान्न पु¥याउने र असहायलाई तत्काल केही राहत दिने गर्दै आएको छ । यसबीचमा बर्दिवास नगर क्षेत्रका अतिविपन्न ६० परिवारलाई सञ्जालले चामल, दाल, नुन, खानेतेलसहितका सामग्रीको पोका घरै पु¥याइदिएको छ । सञ्जालको सहयोगले पुत्रशोकले आहत भएको जिल्लाकै औरही नगरपालिका–१ का श्यामकिशोर चौधरीको परिवारलाई राहत भएको छ । वैदेशिक रोजगारीमा कतार गएका छोरा अनिल चौधरीलाई त्यहाँको सरकारले गत वैशाखमा मृत्युदण्ड दिएको खबरले आहत भएको चौधरी परिवारलाई भेट्न सञ्जाल आवद्ध युवा दुई बोरा चामलसहित पुग्दा चौधरी परिवारले राहत महसुस गरेको हो । “बाबु, छोरालाई मृत्युदण्ड दिएको खबरले हाम्रो संसार नै अँध्यारो भएको छ, खबर आएदेखि बूढी (पत्नी) थला परेकी छन्, खानेपिउने केही थिएन”, उहाँले भन्नुभयो, “दुःखको बेला आँशु पुछ्न आउनुभएको छ, अब तपार्इँहरुमै अनिल (छोरा) देख्नुछ ।” चौधरीको आँशुले लगातार सेवामा रहिरहन प्रेरित गरेको सञ्जाल आवद्ध युवा बताउँछन् ।

बर्दिवास वरपर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका, अझै क्याम्पसमा अध्ययनरत रहेका र घरगृहस्थीबाट केही समय बचत गरी लकडाउनका बेला सामाजिक सेवामा लाग्न प्रेरित भएका युवाले सञ्जालमार्फत शुरु गरेका कामले अहिले निकै सराहना पाएको छ । “सञ्जाल आवद्ध युवाको सेवाभाव साँच्चै उदाहरणीय छ”, सञ्जालले सडकयात्रीलाई खाना खुवाउँदै आएका सधैँजसो नियाल्दै आउनुभएका बर्दिवासचोककै औषधि पसल शान्ता मेडिकल हलका सञ्चालक शम्भु भट्टराईले भन्नुभयो, “यिनीहरुको सेवाचाहिँ अन्नबेगर छटपटाएका भोकामा केन्द्रित छ ।” लकडाउन अवधिमा बेसहारा सडकयात्रीलाई खुवाउने काममा लागेका सञ्जाल आवद्ध युवाले कहिलेकाहीँचाहिँ अर्थाभावले कार्यक्रमलाई निरन्तरता दिन नसकिने हो कि भन्ने पर्ने गरेको बताएका छन् । तर गर्दै जाँदा केही न केही जुट्दै गएको अध्यक्ष महतोको अनुभव छ । “काम थालिहाल्यौँ, अब कमसेकम लकडाउन अवधिभरि त थेग्नै प¥यो नि !” अध्यक्ष महतो भन्नुहुन्छ, “गर्दै जाँदा हुँदै जान्छ भन्ने विश्वासले नै धानिरहेको छ ।” आपूmहरु कसैसँग अभियानका लागि भनेर माग्न कतै नगए पनि कतिपय सहयोगी आफैँ सम्पर्कमा आएर मद्दत गर्ने गरेका उहाँको भनाइ छ । सञ्जालले थालेको भोका सडक मानवलाई खुवाउने यो अभियानमा दिनहुँ साँझ ४ बजेदेखि ५ बजेसम्म बर्दिवास नगरपालिका–१, २, १४ को पूर्वपश्चिम राजमार्ग, हटिया (साप्ताहिक बजार लाग्ने ठाउँ), कार्यालयहरुको वरिपरि र छिमेकको लालगढसम्म सञ्चालन गरिँदै आइएको छ । दिनहुँ खानाको परिकार फेरिफेरि ख्वाइन थालिएपछि कहाँ खान पाइन्छ ? भनेर भौँतारिने गरेका बेसहारा बटोही दिनहुँ अघिल्लो दिनको निश्चित ठाउँमा भेटिने गरेका छन् ।

दिनहुँ भोका, बेसहारालाई खान दिँदा उहाँहरुको अनुहारमा छाउने खुशीले आनन्द दिने गरेको सञ्जाल आवद्ध बर्दिवास–६ की पूजा साह बताउनुहुन्छ । शुरुमा बेसहारा भोका सडकयात्रीलाई खान दिने अभियान शुरु गरेका सञ्जाल आवद्ध युवाले विस्तारै अन्य सामाजिक गतिविधिमा पनि सरिक जनाउन थालेका छन् । शुक्रबार बर्दिवास क्षेत्रका अस्पतालमा उपचाररत बिरामीलाई रगत अपुग भएपछि रक्तदान कार्यक्रम नै आयोजन गरेर ४० पिन्ट रगत रेडक्रस बर्दिवास उपशाखालाई दिइएको उहाँ बताउनुहुन्छ । सञ्जाल आवद्ध युवाले लकडाउन अवधिसम्म सञ्चालन गर्ने गरी शुरु गरेका यो अभियानलाई सधैँ निरन्तरता दिनुपर्ने बुद्धिजीवीले औँल्याएका छन् ।

सधैँ बाक्लो ओहोरदोहोर हुने चोकबजार क्षेत्रमा मानसिक सन्तुलन गुमेका, परिवारले वास्ता नगरेका र असहाय बाक्लै देखिने हुँदा अभियानलाई सधैँ निरन्तरता दिनसके राम्रो हुने जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्का बताउनुहुन्छ ।

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!