nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहामा निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढयो : लाग्न थाले हाटबजार, हिँडडुल गर्ने बढे

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १६, २०७८, ७:३२ मध्यान्ह
सिराहामा निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढयो : लाग्न थाले हाटबजार, हिँडडुल गर्ने बढे

विनय यादव/सिरहा/जेठ १६ गते।सिराहामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा फितलो हुँदै गएको छ । गत ३१ वैशाख राति १२ बजेदेखि २१ जेठसम्मका लागि जारी निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा निषेधाज्ञा उल्लंघन गर्ने क्रम समेत बढेको छ ।

जिल्लाका मुख्य बजार लहान, सिराहा, मिर्चैया, गोलबजारसहितका शहर तथा ग्रामीण क्षेत्र सबैतिर विस्तारै मानिसहरूको चहलपहल बढिरहेको छ । निषेधाज्ञामा घरबाट बाहिर निस्कने र समूहमै घुम्ने प्रवृत्ति पनि बढेको छ । अत्यावश्यक खाद्यवस्तु बिक्रीवितरण गर्ने पसलहरू खोल्न समयसीमा तोकिएको छ । 

तर, समयसीमाको उल्लंघन मात्रै होइन, सामाजिक दूरी कायम गर्ने र आवश्यक सुरक्षाका उपायहरूसमेत अपनाएको पाइँदैन । ग्रामीण क्षेत्रमा त पछिल्ला दिनमा न कुनै सामाजिक दूरी छ, न सर्तकता । हटिया चलिरहेकै छन् । एक ठाउँबाट अर्को ठाउँको आवागमन रोकिएको छैन ।

स्वास्थ्यकर्मी, कर्मचारी, घुम्ती टोली, अत्यावश्यक सामग्री टोली, स्थानीय तहको टोली, श्राद्धकर्मलगायतका फर्जी ब्यानर टाँसी सवारीसाधन गुडेका छन् । बिहान हुनेबित्तिकै सिराहाका मुख्य बजारका राजमार्ग तथा बाटोमा मोटरसाइकल, साइकल र पैदलयात्रीको बाक्लो उपस्थिति देखिन थाल्छ ।

औषधि पसलमात्र होइन, साँझका बेला मदिरा पसल पनि खुल्न थालेका छन् । यसरी निषेधाज्ञाका बीच पसल खुल्दा कालोबजारी पनि ह्वात्तै बढेको छ । तर, यसमाथि न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छ, न त प्रहरी प्रशासनको सक्रियता देखिन्छ । 

निषेधाज्ञा उल्लंघनका घटनाले कोरोना संक्रमणको जोखिमलाई बढाइरहेको छ । सिराहा छिमेकी मुलुक भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमानाकामा व्यापक सुरक्षाकर्मी परिचालन भएपनि मानिसहरू भित्रिने क्रम रोकिएको छैन ।

ज्यानै लिने महामारीमा पनि नागरिक सचेत नहुनु दुःखद रहेको पत्रकार देवकुमार यादव बताउँछन् । नागरिक सचेत नभएसम्म महामारी नियन्त्रण सरकार र प्रशासन मात्रैले गर्न नसक्ने उनको भनाइ छ । ‘कुनै घरमा विपत् आइपर्दा जसरी हामी सबै सदस्य मिलेर सामना गर्छौं,’ उनले भने, ‘त्यसरी नै यो महामारीसँग लड्न हामी सबैमा गम्भीरता बोध हुन जरुरी छ ।’

महामारी नियन्त्रणमा सरकारी भूमिकाप्रति पनि उनको असन्तुष्टि छ । संघ, प्रदेश र स्थानीय सरकार सबै कोरोना महामारी नियन्त्रणमा जस पाउने भूमिका खेल्न नसकेको उनले बताए । ‘त्यसमा पनि यो महामारी नियन्त्रणमा स्थानीय सरकार गम्भीर बनेको भए केही हदसम्म जोखिम घट्ने थियो,’ उनले भने, ‘तर, उनीहरू गैरजिम्मेवार जस्तो देखिए ।’

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि