काठमाडौ,जेठ १४ गते।कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले अतिआवश्यक काम बाहेक घरबाहिर नजान भनेको छ । जानै पर्ने अवस्थामा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र समय समयमा साबुन पानीले हात धुन पनि आग्रह गरिरहेको छ ।
अति आवश्यक कामले बाहिर जाने होस वा अरु जो सुकैले पनि मास्क लगाउँदा विभिन्न गल्तिहरु गरिरहेको पाइन्छ । जसका जोखिमहरु धेरै छन् ।
मास्क लगाउँदा यी कुरामा ध्यान दिनुहोस्
- यदि मास्क तल खस्न लागेमा मुखको भागबाट समातेर फेरी लगाउने प्रयास गर्नुहुँदैन । मास्कको दुवैसाइड बा सबैभन्दा माथिल्लो भागबाट लगाउनु पर्छ ।
- बाहिरबाट आएपछि मास्कलाई घर बाहीर नै फाल्नुपर्छ । भित्र लगेर राख्नु वा झुण्डाउनु हुँदैन ।
- डबल मास्कले शरीरमा हावा प्रवेश गर्न दिँदैन । सिडिसीको अनुसार सर्जिकल मास्कले कफ पार्टिकल्स ५६.१ प्रतिशत र कपडाको मास्कबाट ५१.४ प्रतिशत सुरक्षित गर्छ ।
- कहिल्यै पनि दुई सर्जिकल वा कपडाको मास्क एकैपटक लगाउन हुँदैन । यसको सट्टा एउटा सर्जिकल र एउटा कपडाको मास्क लगाउनु पर्छ । यसबाट ८५ प्रतिशत संक्रमणको खतरा कम गर्ने सिडिसीले जनाएको छ ।
- डबल मास्कको प्रयोग गर्दा सास लिन सहज हुनुपर्छ ।
- मास्क अलिकति च्यातिएमा प्रयोग गर्नुहुँदैन ।
- मास्क लगाउदा आफुलाई सास लिन कठिन भएको छ वा सजिलो, त्यसमा ध्यान दिनुपर्छ । यदि सास लिनमा कठिन भएमा हानीकारक हुन्छ ।
- बहिर जान भन्दा पहिला ५ मिनेट अगाडी घरमा नै मास्क लगाउनु पर्छ, यसो गर्दा स्थिती सामान्य हुन्छ ।
- डिस्पोजल मास्क एकपटक प्रयोग गरेर फाल्नुपर्छ ।
- कपडाको मास्क लगाउने हो भने अन्य कपडासँग एकैपटक धुनु हुँदैन । साभार-नेपालन्युज अनलाईन बाट














Discussion about this post