वीरगन्ज,बैशाख २ गते।बारामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार राती साढे ११ बजे जितपुर सिमरा उप महानगरपालिका १६ स्थित पूर्व पश्चिम सडक खण्डको बालगंगा पुल नजिक ना.२७ प ६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
निजगढबाट पथलैया तर्फ जादै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहाको सिराहा नगरपालिका ७ बस्ने ३९ वर्षे सशी कान्त झा र नुवाकोटको बिदुर गाउँपालिका ७ बस्ने ३९ वर्षका सानु काजी चित्रकार रहेका छन्।सिरहाका शशिकान्त झा राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटाैँडाका विभागका सूचक (हवल्दार) पदमा कार्यरत थिए भने र अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार सहायक सूचक (सिपाही) पदमा कार्यरत थिए।
दुर्घटनामा परि गम्भीर घाइते भएका झाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा र चित्रकारको उपचारको क्रममा वीरगन्जको गण्डक अस्पतालमा बिहीबार बिहान सवा १ बजे मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।














Discussion about this post