शुभ नारायण यादव-सप्तरी, चेत १२ गते ।सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.३ भुसिमहुुुुलिया टोलमा दिउसो आगलागी भएको छ । आगलागीबाट झण्डै ६ लाख भन्दा बढीको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय बिन्दुलाल साहको घरबाट अचानक सल्केको आगलागीमा साहको एउटा फुसको घर जल्नुका साथै छिमेकीहरु जिलोविया पाल र रामपृत पालको १÷१ घर तथा घरमा रहेका सम्पूर्ण सरसमान जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

डिएसपी काफ्लेका अनुसार आगलागी कसरी भयो भन्ने खुल्न नसकेपनि सो आगलागीमा रामपृत पालको घरमा रहेका नगद १ लाख ५ हजार सहित धान,चामल ,गहँु लगायत छिमेकि जिलोबिया पालको २ वटा बाख्राको पाठो समेत जलेर मरेका छन् ।

आगलागी स्थानीय बासिन्दा ,सशस्त्र तथा इलाका प्रहरी कार्यालय कडरबोना र राजविराज तथा लहानबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको छ ।
















Discussion about this post