nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज महाशिवरात्री आज भगवान जलेश्वरनाथ को दर्शन गरि फागुन २७ गते बिहीबारको राशिफल हर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २७, २०७७, ५:१२ बिहान
आज महाशिवरात्री आज भगवान जलेश्वरनाथ को दर्शन गरि फागुन २७ गते बिहीबारको राशिफल हर्नुहोस

आज बि.सं.२०७७ साल फागुन २७ गते बिहीवार ई. सं. २०२१ मार्च ११ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः१७ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १७ मिनेट देखि ७ बजेर४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । आजका लागि शुभअङ्क ः २ र शुभरङ्ग ः बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । आजका लागि शुभअङ्क ः १ र शुभरङ्ग ः हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ श्रियै नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आजका लागि शुभअङ्क ः ९ र शुभरङ्ग ः गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ । आजका लागि शुभअङ्क ः ८ र शुभरङ्ग ः नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ः ७ र शुभरङ्ग ः सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ः ६ र शुभरङ्ग ः रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या ः ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । आजका लागि शुभअङ्क ः ५ र शुभरङ्ग ः पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । आजका लागि शुभअङ्क ः ४ र शुभरङ्ग ः घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क ः ३ र शुभरङ्ग ः रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ विघ्नविनाशिने नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ः २ र शुभरङ्ग ः पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क ः १ र शुभरङ्ग ः रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । आजका लागि शुभअङ्क ः ३ र शुभरङ्ग ः नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या ः २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

आजको दिन सबैको शुभ रहोस

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि