nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘एसिड हान्ने श्रीमानलाई हत्कडी लगाएर बजार घुमाउन मन छ’

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २०, २०७७, ७:५४ मध्यान्ह
‘एसिड हान्ने श्रीमानलाई हत्कडी लगाएर बजार घुमाउन मन छ’

श्रवण देव,जनकपुरधाम। गत दीपावलीको दिन आरती साह जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित आफ्नो डेरा सरसफाइ गरिरहेकी थिइन् । साँझ तीन बर्षीया छोरीसँगै दीप जलाउने र मिठा परिकार खाने योजना थियो उनको ।

तर सफाइ गरिरहेकै बेला उनको त्यो सपना मात्र उडेन, जीवनभरकै लागि तनाव नै थपियो । आफ्नै श्रीमानले छ्यापेको एसिडले उनको अनुहार, छाती, घाँटी र शरीरका विभिन्न भाग जलेको छ । एउटा आँखा पनि नदेख्ने भएकी छन् ।

२१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय सञ्जीवले २९ कात्तिकको बिहान साढे ८ बजे एसिड आक्रमण गरेका थिए । ‘म भाइ र बहिनीको बीचमा थिएँ र उनी एक्कासी गिलास लिएर आए । मैले पानी होला भन्ने ठानें । उनले मेरो जीऊमा खन्याएर भागे’ आरतीले त्यो दिन सम्झिइन् । उनी हातले खाना खान अझै सक्दिनन् । ‘मुख भारी लागिरहन्छ । आँखा असाध्यै दुख्छ’ आरती भन्छिन् ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगर माइती भएकी आरतीको ४ बर्षअघि रुपैठाका सञ्जीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

विवाहको केही समयपछि नै सञ्जीवले रक्सी पिउने र आरतीलाई कुट्न थालेका थिए । बारम्बार यातना दिँदा पनि सहेर बसेकी उनी ससुराले पनि गलत नजरले हेरेको भन्दै घर छाडेर डेरामा बस्न थालेको बताउँछिन् ।

आरती माइती नजिकै डेरा लिएर बसिन् । तरकारी बेचेर छोरी र आफ्नो जीविका चलाइरहेकी थिइन् । बेला बेलामा डेरामा आएर पनि श्रीमानले कुटपिट गर्ने गरेको आरती बताउँछिन् । कोठामा आएर सञ्जीवले एक दिन करेन्ट लगाएको र अर्काे दिन मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेको आरतीको भनाइ छ ।

झण्डै ५ महिना उपचार गराएर उनी गत श्रीपञ्चमीका दिन घर फर्किएकी छन् । उपचार जारी नै छ । एसिडले जलेको शरीरको उपचार गराउनुका साथै आँखाको समेत उपचार गराउनुपरेको छ उनलाई ।

जलेको शरीरको कीर्तिपुर अस्पतालमा र आँखाको तिलगंगा अस्पतालमा उपचार गराउँदैछिन् उनी । ‘डाक्टरले तीन महिनापछि पुनः आउन भनेपछि घर आएको हुँ’ आरती भन्छिन् ।

आरतीका श्रीमान अहिले एसिड आक्रमणकै आरोपमा पुर्पक्षका लागि सिन्धुली कारागारमा थुनामा छन् । कानुनले सजाय दिएपनि आफूले पनि एउटा सजाय दिने अभिलाषा बोकेकी छन् । भन्छिन्, ‘श्रीमानको हात, खुट्टा र घाँटीमा सिक्री (हत्कडी) लगाएर पुरै जनकपुर घुमाउन चाहन्छु । यसपछि कुनै केटाले कुनै केटीलाई यस्तो गर्न हिम्मत नगरोस् ।’

उनी एसिड फ्याँक्नेभन्दा बेच्नेलाई बढी सजाय हुनुपर्ने बताउँछिन् । एसिड बेच्ने अनुमति नपाएका व्यक्तिले बेचेका रहेछन्’ उनले भनिन्, ‘यस्ता बेच्नेलाई कडा कारवाही गर्नुपर्छ ।’

आफू एसिड आक्रमणमा परे पनि छोरीलाई धेरै पढाएर ठूलो मान्छे बनाउने आरतीको चाहना छ । ‘मलाई केही पनि चाहिएको छैन । आफ्नी छोरीलाई पढाउन चाहन्छ्ु । सरकारले पढाइदिओस् । मेरो जिन्दगी त चलिहाल्छ’ उनी भन्छिन् ।

चौपट भयो व्यवसाय, थपियो ऋण

आरतीका आमाबुबा पनि जनकपुरधाममा डेरामा नै बस्छन् । आरतीको विवाह डेराबाटै भएको हो । उनका बुवा सुबोध र आमा सुनीता देवी फुटपाथमा तरकारी बेचेर गुजारा चलाउँदै आएकी छन् । तरकारी बेचेरै छोरीको विवाह गरेका यी आमा बुवाले छोरीको विवाह गर्दा तनावमुक्त भएको महसुस गरेका थिए ।

तर, छोरी घरमा टिक्न नसकेर जनकपुरमै आएर भाडामा बस्न थालेदेखि नै चिन्तित बन्न थाले । ‘यो बेलासम्म त ठीकै थियो । हामीले पनि तरकारी बेचिरह्यौं, छोरीले पनि तरकारी बेचेर गुजारा चलाइरहेकी थिइन् । तर, एसिड फ्यालेदेखि हामी सबैको व्यवसाय चौपट भएको छ’ उनीहरु भन्छन् ।

एसिड प्रहारबाट घाइते भएकी आरतीको उपचार काठमाडौंमा भइरहँदा उनकी आमा नै साथमा थिइन् । बुबाले पनि निकै दौडधुप गर्नुप¥यो । यही कारण उनीहरुले तरकारी बेच्ने काम पनि बन्द गरे । व्यवसाय नै नचलेपछि आर्थिक भार पर्नु स्वाभाविकै थियो ।

जनकपुरधामदेखि काठमाडौंसम्म उपचार गराउँदा अढाई लाख ऋण बोक्नुपरेको आमा सुनीतादेवीले बताउँछिन् ।

कीर्तिपुर अस्पताल र तिलगंगामा पनि सरकारले नै उपचार गरिदिएपनि केही औषधि, उपचारका लागि काठमाडौंको बसाइ, खानादेखि फलफूल खरीद गर्दा ऋण लिनुपरेको उनले सुनाइन् ।

आरतीलाई एसिड आक्रमण भएपछि माइती पक्षले नै सुरुमा जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारका लागि लगे । तर डाक्टरले पैसा नदिएसम्म उपचार सुरु नगर्ने भनेकामा आरतीका आमाबाबु दुखी भएका छन् । यो अस्पतालमा १८ हजार तिर्नुपरेको उनले बताइन् ।

‘अब बिग्रेको एउटा आँखाको अपरेसन ३ महिनापछि हुन्छ । त्यसका निम्ति अढाइ लाख लाग्छ भन्ने सुनेको छु’ आरती भन्छिन्, ‘त्यो रकम कहाँबाट ल्याउने भन्ने कुरा थाहा छैन ।’

साभार-अनलाईन खबर

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

लाल सागरको रणनीतिक ‘मोखा बन्दरगाह’ हुथीको नियन्त्रणमा

लाल सागरको रणनीतिक ‘मोखा बन्दरगाह’ हुथीको नियन्त्रणमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि