उमेश कुमार साह/सप्तरी,फागुन ६ गते।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते चालेको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले आगामी फागुन ९ गते सबै नगरपालिका तथा गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गर्ने भएको छ ।
जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले फागुन ५ गते बसेको पार्टीको पदाधिकारी बैठकको निर्णय अनुसार देशभरको नगरपालिका तथा गाउँपालिकामा विरोधसभा गर्न लागिएको बताए ।
काठमाडौं उपत्यकामा भने जसपाले रत्नपार्कमा जनप्रदर्शन गर्ने भएको छ । उक्त प्रदर्शनमा सहभागी हुन जसपाले सबै भातृ संगठन तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई परिचालन गर्नेछ ।
जसपाले असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै संसद पुनः स्थापनाको माग गर्दै आएको छ ।
पुस ५ गतेको कदम लगत्तै आन्दोलनमा उत्रिएको जसपाले यसअघि तीन चरणको सडक आन्दोलन गरिसकेको छ ।





















Discussion about this post