बारा/साउन ४ गते। बाराको सुवर्ण गाउँपालिका-७ चौरहिया गाउँ छेउ धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका-९ बलुवाकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो रहेकी छन्। उनी मामा घरमा बस्न आएकी थिइन्।
प्रहरीका अनुसार आईतवार साँझ करिब ५ः३० बजे मामा घर पछाडि स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि परिवारका सदस्यले उनलाई बाहिर निकाले पनि उनको ज्यान गएको थियो।
घटनाबारे साँझ करिब ६ः१५ बजे इलाका प्रहरी चौकी बड्की फुलबरियामा सूचना प्राप्त भएपछि असई राम विद्या साहको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बालिकाको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल, कलैया पठाएको बारा प्रहरीले जनाएको छ।















Discussion about this post