nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

सजिलो पोस्ट सजिलो पोस्ट
असार २१, २०८३, ९:२३ बिहान
जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

धनुषा/असार २१ गते । जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय इतिहास, भाषा, कला, संस्कृति तथा सम्पदामा आधारित स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य रूपमा लागू गर्ने भएको छ।

शुक्रबार आयोजित कार्यक्रममा पाठ्यक्रमका लेखक डा. हेमप्रसाद साहले उक्त पाठ्यक्रम जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
पाठ्यक्रम हस्तान्तरणपछि नगरप्रमुख साहले कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा मैथिली भाषामार्फत स्थानीय पाठ्यक्रम अनिवार्य विषयका रूपमा अध्यापन गराइने जानकारी दिए। उनका अनुसार यस पाठ्यक्रमले विद्यार्थीलाई आफ्नै समाज, भाषा, संस्कृति, परम्परा तथा धार्मिक एवं ऐतिहासिक सम्पदाबारे तथ्यपरक र व्यवहारिक ज्ञान प्रदान गर्नेछ। साथै, आफ्नै पहिचान, संस्कृतिप्रति अपनत्व र संरक्षणको भावना विकास गर्न पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

स्थानीय पाठ्यक्रममा जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भाषा, साहित्य, कला, चाडपर्व, सामाजिक मूल्य–मान्यता, प्राकृतिक सम्पदा तथा स्थानीय जीवनशैलीसम्बन्धी विषय समावेश गरिएको छ। यसले स्थानीय ज्ञान, सीप र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय पाठ्यक्रम मस्यौदा तथा लेखन समितिको संयोजक अञ्जु पाण्डे रहेकी थिइन्। समितिमा श्यामसुन्दर शशि, सुनिल मल्लिक र विनिता ठाकुरले विज्ञ सदस्यका रूपमा योगदान दिएका थिए।
उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को व्यवस्था अनुरूप स्थानीय आवश्यकता, पहिचान र मौलिकतालाई केन्द्रमा राखेर पाठ्यक्रम तयार गरिएको जनाएको छ।

उपमहानगरपालिकाको यो पहलले जनकपुरधामको मौलिक इतिहास, भाषा, कला र संस्कृतिलाई विद्यालय शिक्षासँग जोड्दै भावी पुस्तामा यसको संरक्षण र हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

Tags: शिक्षा

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि