nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

गिरिजानन्द साह गिरिजानन्द साह
असार ७, २०८३, ७:०६ मध्यान्ह
रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

चितवन /असार ७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पार्टीका शीर्ष नेताहरूले नेपालको राजनीतिमा नयाँ संस्कार, उत्तरदायी शासन र परिणाममुखी नेतृत्वको आवश्यकता औंल्याएका छन्।

भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गरेका थिए। उद्घाटन सत्रमा पार्टीका नेताहरूले रास्वपाको उदयलाई नागरिकको परिवर्तनको चाहनाको राजनीतिक अभिव्यक्तिका रूपमा व्याख्या गर्दै आगामी दिनमा पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने बताएका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको लक्ष्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको बताए। उनले इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने विद्यमान संरचना बदल्नुपर्ने आवश्यकता औंल्याए।

उनले नेपालमा लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण भए पनि संस्थागत लोकतन्त्र अपेक्षित रूपमा बलियो बन्न नसकेको उल्लेख गर्दै विवेक, विधि र नियममा आधारित शासन प्रणाली निर्माण गर्नुपर्ने धारणा राखे। “हामी कसैलाई हराउनभन्दा नेपाललाई जिताउन आएका हौँ,” उनले भने।

वाग्लेले रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भइरहेको बताउँदै उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माण पार्टीको दीर्घकालीन लक्ष्य रहेको स्पष्ट पारे।

महाधिवेशनमा सहभागी अन्य नेताहरूले पनि युवापुस्ताको नेतृत्व, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले निराशा र आक्रोशलाई सिर्जनात्मक परिवर्तनमा रूपान्तरण गर्दै देशलाई समृद्धिको दिशातर्फ लैजानुपर्ने बताएका छन्।

देशभरबाट आएका प्रतिनिधि, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको महाधिवेशनमा आगामी संगठनात्मक कार्यदिशा, नीति तथा नेतृत्व चयनका विषयमा पनि व्यापक छलफल हुने कार्यक्रम रहेको छ।

रास्वपाले आफ्नो प्रथम महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई नयाँ राजनीतिक संस्कार र वैकल्पिक राजनीतिक यात्राको सुरुवातका रूपमा प्रस्तुत गरेको छ। महाधिवेशनमा नेताहरूका सम्बोधनले पार्टीलाई आन्दोलनको चरणबाट संस्थागत र परिणाममुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!