nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सीमा क्षेत्रका ३० नाका खुला

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १६, २०७७, ४:२५ मध्यान्ह
सीमा क्षेत्रका ३० नाका खुला

काठमाडौँ,माघ १६ गते।कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो ।

यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।

गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो । भारततर्फ १ हजार ८ सय ८० किमि सीमामध्ये तराई/मधेसका १० र हिमाली/पहाडी क्षेत्रका तीन तथा चीनतर्फ रसुवागढी/केरुङ नाकाबाट आउजाउ अनुमति दिइएको थियो । सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समीक्षा भएको थियो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिए । पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।

गृह मन्त्रालयका अनुसार खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) नाका खुला गरिएको हो । यसअघि पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी) बाट मात्रै सर्वसाधारणले सहज आवागमन गर्न पाउँथे ।

गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन् । भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन् । भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने छन् ।

कोरोना महामारीको त्रास कम भएसँगै सबै नाका खुलाउनुपर्ने दबाबमा सरकार छ तर महामारीका बेला र त्यसपछिको अवस्थामा कस्ता रणनीति अपनाउने भन्नेमा सरकारले ठोस निर्णय लिन सकेको छैन । नाका नखुलेकै कारण चोरबाटो र आर्थिक सेटिङमा आवागमन हुने गरेको आरोप प्रशासन र प्रहरीमाथि लाग्दै आएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताए । ‘गृहलाई सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अर्थलाई राजस्व संकलन तथा स्वास्थ्य मन्त्रालयलाई जनस्वास्थ्यको चिन्ता छ, यी सबै पक्षलाई मध्यनजर गरेर सीमा सिललाई निरन्तरता दिने वा सर्तसहित खुलाउने भन्ने विस्तृत छलफल र समीक्षापछि थप १६ नाकाबाट आवागमन खुलाइएको हो,’ उनले भने, ‘एकैचोटि सबै नाका खुल्ने अवस्था छैन । औचित्य र आवश्यकताका आधारमा निर्णय हेरफेर हुँदै जान्छ ।’

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि