जनकपुरधाम/असोज २२ गते । आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी खजुरी रेल्वे स्टेशनमा संवेदनशील स्थानमा २४ सै घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
खजुरी रेल्वे स्टेशनमा सहायता कक्ष स्थापना गरिएको हो ।
आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय खजुरी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले यात्रु सहायता कक्षको औपचारिक शुभारम्भ गर्नुभयो ।
सो अवसरमा उहाँले चाडपर्व मनाउन घर फर्किने यात्रुलाई बिचौलियाबाट हुनसक्ने ठगी, दिइने सास्ती तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न सहायता कक्ष दिनरात २४ सै घण्टा सञ्चालनमा रहने जानकारी दिनुभयो ।
इन्स्पेकटर कुँवरका अनुसार सहायता कक्षमा खटिएका प्रहरी कर्मचारीले यात्रुलाई तोकिएको भाडादरका विषयमा जानकारी गराउने, सुरक्षित यात्राका लागि सहजीकरण गर्ने तथा कुनै समस्या परेमा तत्काल सहायता उपलब्ध गराउने छन् ।
ईलाका प्रहरी कार्यालय खजुरीले यात्राका क्रममा कुनै समस्या, ठगी वा असुरक्षा भएमा नजिकैको सहायता कक्ष वा नेपाल प्रहरीको निःशुल्क नम्बर १०० मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।















Discussion about this post